२८ पुस २०८१, आइतबार | Mon Jan 13 2025


देशमा सुशासन स्थापित गर्न दुई ठूला राजनीतिक दल मिलेका हौं : परराष्ट्रमन्त्री राणा


624
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले देशमा सुशासन स्थापित गर्न दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा वन तथा वातावरण मन्त्रालयले कोप २९ को समीक्षाका लागि आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री देउवाले सरकारले नागरिकका मुद्दाहरुमा काम गरिरहेको बताउनुभएको हो ।

परराष्ट्रमन्त्री राणाले दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाउँदा धेरैले आलोचना गरेपनि अहिले सरकारले गरेका कामहरुबाट खुशी भएको उल्लेख गर्नुभयो । उहाँले नागरिकका समस्यासँग अहिलेको सरकार राम्रोसँग जानकार रहेको र समाधानको काम गरिरहेको उल्लेख गर्नुभयो ।

परराष्ट्रमन्त्री राणाले देशमा आएका संकटहरुको समाधानका लागि कांग्रेस र एमाले मिलेर सरकार बनाएको बताउनुभयो । उहाँले वर्तमान सरकारले जलवायु परिवर्तनका असर न्युनिकरणका लागि पनि उल्लेख्य काम गरिरहेको बताउनुभयो । जलवायु परिवर्तनसँग सम्बन्धित लस एण्ड ड्यामेज फण्ड र क्लाइमेट फाइनान्सको प्राप्तिका लागि कर्मचारीतन्त्रबाट बढी सक्रियतापूर्वक काम हुनुपर्ने बताउनुभयो ।

परराष्ट्रमन्त्री राणाले भविष्यको लागि सोचेर रणनीति बनाउनुपर्ने बताउनुभयो । उहाँले देशको आवश्यकता हेरेर एक्शनमा जानुपर्ने बताउनुभयो ।