५ माघ २०८१, शनिबार | Sat Jan 18 2025


कजाखस्तानमा विमान दुर्घटनाग्रस्त, २५ जनाको जीवितै उद्धार


1.131k
Shares

एजेन्सी । कजाखस्तानको विपत व्यवस्थापन मन्त्रालयले २५ जना जीवितै रहेको र तीमध्ये २२ जनालाई अस्पताल लगिएको जनाएको छ । एम्ब्रेयर १९० विमानमा ६२ यात्रु र चालक दलका पाँच सदस्य गरी ६७ जना रहेको यातायात मन्त्रालयले जनाएको छ ।

अजरबैजान एयरलाइन्सले सञ्चालन गरेको उक्त विमान अक्ताउ शहर नजिकै खसेपछि आगो लागेको अधिकारीहरुले बताएका छन् । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

अजरबैजान एयरलाइन्सको जे२-८२४३ विमान अजरबैजानको राजधानी बाकुबाट रुसको ग्रोज्नीका लागि उडेको थियो । आँधीबेहरीका कारण यसलाई ‘डाइभर्ट’ गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।