२८ पुस २०८१, आइतबार | Sun Jan 12 2025


चाडपर्वले राष्ट्रिय एकतालाई मजबुत र सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति पौडेल


182
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चाडपर्वहरूले विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्न सहयोग पुग्ने बताउनु भएको छ ।

आज क्रिसमस डे को अवसरमा इसाई धर्मावलम्बीहरुमा सुख, शान्ति एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुहुँदै राष्ट्रपति पौडेलले यस्ता पर्वहरुले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने बताउनुभएको हो ।

जिसस क्राइस्टको जन्मदिनको अवसरमा हरेक वर्ष डिसेम्बर २५ तारिखलाई धार्मिक एवं सांस्कृतिक उत्सवका रूपमा विभिन्न कार्यक्रमको आयोजना गरी इसाई धर्मावलम्बीहरुले क्रिसमस डे मनाउने गर्दछन् ।

राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा इसाई धर्मावलम्बीहरूको यस पर्वले आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने उल्लेख गर्नुभएको छ ।