नवलपुर । तोरीको पकेट क्षेत्रका रुपमा रहेको नवलपुरमा यस वर्ष पनि उत्पादन राम्रो हुने देखिएको छ । कृषकले लगाएको तोरी यो वर्ष राम्रो हुने देखिएपछि किसान उत्साहित बनेका छन् ।
तेलहन बालीका रुपमा लगाइएको तोरीमा अहिले राम्रो फूल फुलेका कारण उत्पादन राम्रो हुने कृषि ज्ञानकेन्द्र नवलपुरले जनाएको छ । ज्ञानकेन्द्रका अनुसार पहिलेको वर्षको तुलनामा यो वर्ष बढी क्षेत्रफलमा तोरी लगाउँदा उत्पादन पनि वृद्धि हुने अनुमान गरेको ज्ञानकेन्द्रले जनाएको छ ।
गत वर्ष २ हजार ४ सय ४३ हेक्टर क्षेत्रफलमा लगाइएको तोरीबाट २ हजार ९ सय ७१ मेट्रिकटन उत्पादन भएकाले पनि वृद्धि हुने अनुमान गरिएको ज्ञानकेन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०८०/०८१ भन्दा यो वर्ष तोरी लगाउन दश हेक्टर क्षेत्रफल वृद्धि भएको बताउनुभयो । जिल्लाको गैडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिकालाई तोरीको पकेट क्षेत्रका रुपमा लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्