६ माघ २०८१, आइतबार | Mon Jan 20 2025


व्यवसायीहरु भन्छन् – नयाँ प्रविधि विकासका लागि नेपालको बजार राम्रो छ


0
Shares

काठमाडौं । प्रविधिहरुको क्षेत्रमा काम गर्ने कम्पनीहरुको मेला ‘नेपाल प्याक प्रिन्ट इन्टरनेशन एक्स्पो’ बाट अवलोकनकर्ता र व्यवसायीहरु उत्साहित भएका छन् ।

शुक्रबारबाट शुरु भएको एक्स्पोमा अवलोकनकर्ताहरुको उल्लेख्य उपस्थितिसँगै व्यवसायीहरु उत्साहित भएका हुन् ।

मेलामा सहभागी अवलोकनकर्ताहरु पनि मेलामा एकै छानामुनि पाइने र जानकारी लिन अन्त धाइरहनु नपर्ने भएकाले सहज भएको बताउँछन् । नयाँनयाँ प्रविधिको जानकारी एकै ठाउँमा पाइएकोले पनि यस्ता मेलाहरु भइरहनुपर्ने उनीहरुको भनाइ छ । यस्ता मेलाले नेपालको अर्थतन्त्र चलायमान बनाउनुका साथै बजार पनि बिस्तार गर्न मद्दत पुग्ने व्यवसायीहरुको भनाइ छ ।

औषधि व्यवसायी शुभमन श्रेष्ठले यस्ता मेलाहरुले स्वदेशमै रोजगारी सिर्जना गर्न मद्दा पुग्ने र विदेश जानुपर्ने बाध्यता हटाउने बताउनु भयो । उहाँले मेला नयाँ नयाँ प्रविधिहरुसँग जोड्ने र नेपालमै बसेर आर्थिक पक्ष सबल बनाउन महत्वपूर्ण हुने बताउनुभयो ।

त्यस्तै सान हर्बल प्रोडक्ट कम्पनीका सञ्चालक पुष्कर पोखरेलले सबैकुरा एकै ठाउँबाट जानकारी लिन सकिने भएकाले मेला महत्वपूर्ण भएको बताउनुभयो । उहाँले यस्ता मेलाहरु फाइदाजनक रहेको बताउनुभयो ।

मेलामा नयाँ प्रविधि, नयाँ उत्पादनहरु र इण्डस्ट्रियल कन्सेप्टहरुको बारेमा धेरै जानकारी पाएको बताउनुभयो । विगतको भन्दा नयाँ इक्वीपमेण्टहरु डेभलप भएको बताउनुभयो । उहाँले यस्ता खालका मेलाहरु आयोजना भइरहँदा अर्थतन्त्र थप चलायमान बनाउने बताउनुभयो ।

नेपाल मुद्रण उद्योग महासंघका प्रथम उपाध्यक्ष अरुण सापकोटाले यस्ता मेलाहरु नयाँ प्रविधिहरुको बारेमा जानकारी पाइने महत्वपूर्ण हुने बताउनुभयो । यस्ता एक्स्पोलाई सरकारले पनि सहयोग गर्नुपर्ने बताउनुभयो । यस्ता मेलाहरुले स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण बन्ने बताउनुभयो ।

फ्युचरेक्स ट्रेड फेयर्स एण्ड इभेन्ट्स प्रालि तथा एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालिका निर्देशक नवित गुप्ताले सबै कुराको जानकारी एकै ठाउँमा पाइने भएकाले मेला महत्पवपूर्ण रहेको बताउनुभयो । उहाँले नेपालमा यस्ता मेलाहरु सञ्चालन हुँदा भारतीय कम्पनीहरुलाई बजार बिस्तार गर्न सहज हुने बताउनुभयो । उहाँले भारतीय कम्पनीहरु विश्वव्यापी रुपमा प्रतिष्पर्धा गरिरहेको अवस्थामा यस्ता मेलाहरुले बजारीकरणका लागि महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो ।

त्यस्तै भारतीय कम्पनी जेजे क्यान्सका सञ्चालक रोहित अग्रवालले नेपाल सानो देश भएपनि बजारको भविष्य राम्रो रहेको बताउनु भयो । व्यवसायीहरुले आगामी दिनमा प्रविधिको क्षेत्रमा नेपालले राम्रो गर्नसक्ने बताउनुभयो ।