२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025


युवाहरुलाई वैज्ञानिक प्रयोग र अनुसन्धानमा संलग्न गराउनुपर्छ : शिक्षामन्त्री भट्टराई


221
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले नेपालमा अनुसन्धानको इकोसिस्टमलाई सुदृढ पार्नुपर्ने महत्वपूर्ण चुनौति रहेको बताउनुभएको छ ।

बिहीबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४२ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै शिक्षामन्त्री भट्टराईले अत्याधुनिक प्रयोगशालाहरुमा लगानीलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको हो ।

शिक्षामन्त्री भट्टराईले अनुसन्धान परियोजनाहरुका लागि पर्याप्त रकम उपलब्ध गराउनुपर्ने बताउनुभयो । उहाँले नेपाली वैज्ञानिकहरुको विश्वव्यापी ज्ञान नेटवर्कमा पहुँच बढाउनुपर्ने आजको आवश्यकता भएको उल्लेख गर्नुभयो ।

शिक्षामन्त्री भट्टराईले दिगो विकासको आधार, दिगो विकासको अपार सम्भावना बोकेका स्वदेशी प्रविधिको आधुनिकीकरण पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो । नवप्रवद्र्धनको संस्कृतिलाई बढवा दिन युवाहरुलाई वैज्ञानिक प्रयोग र अनुसन्धानमा संलग्न गराउनुपर्ने बताउनुभयो । विज्ञान शिक्षा विद्यालयस्तरबाटै शुरु गरिरहेको भन्दै हातमा सिकाई, आलोचनात्मक सोच, उद्यमशिलता र नवप्रवर्तन आज हामीले केन्द्रित हुनुपर्ने विषय बनेको बताउनुभयो ।

शिक्षामन्त्री भट्टराईले देशको भविष्य आजका युवाहरुको आविष्कारमा निर्भर रहेको बताउनुभयो ।