 
	    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको दोस्रो क्वालिफायर खेलमा आज जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन् । खेल त्रिवि क्रिकेट मैदान किर्तीपुरमा दिउँसो सवा १२ बजे शुरु हुनेछ ।
विजेता टोलीले शनिवार हुने फाइनल खेलमा सुदुरपश्चिम रोयल्ससँग उपाधिका लागि खेल्नेछ । बुधबार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरलाई ८ विकेटले हराउँदै सुदुरपश्चिम फाइनलमा पुगेको हो ।
जनकपुरले दिएको १ सय ४० रनको लक्ष्य सुदूरपश्चिमले १८ ओभर ३ बलमा २ विकेट गुमाएर पुरा ग¥यो । उसका लागि बिनोद भण्डारीले अविजित ५८ रन जोडे ।
पराजित टोली जनकपुरले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्न पाएको छ । हिजो भएको इलिमिनेटरमा चितवन राइनोजलाई २१ रनले हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा उक्लेको हो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्