काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेल सबैभन्दा बढी कर तिरेकोमा सम्मानित भएको छ ।
गत आर्थिक वर्षमा संस्थागततर्फ सबैभन्दा बढी कर तिरेर योगदान गरेको भन्दै ललितपुर महानगरपालिकाले उत्कृष्ट करदाताका रुपमा सम्मान गरेको हो ।
विगत लामो समयदेखि एनसेल सबैभन्दा बढी कर तिर्ने कम्पनीका रुपमा स्थापित रहँदै आएको छ ।
एनसेलले स्थापनाकाल देखि गत आ.व. २०८०/८१ सम्ममा सरकारलाई विभिन्न कर तथा शुल्क शीर्षकहरुमा ३ सय अर्बभन्दा बढी तिरिसकेको कम्पनीले जनाएको छ ।
गत आर्थिक बर्षमा मात्रै कम्पनीले २० अर्ब बढी कर तथा शुल्कहरु सरकारलाई दाखिला गरेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्