
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आजबाट प्ले–अफका खेलहरु हुँदैछन् । आजको पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्नेछन् ।
लिग तालिकामा तेस्रो र चौथो स्थानमा रहेका यी दुई टोलीबिचको विजेताले भोलि फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ । पहिलो क्वालिफायर खेलमा आज दिउँसो सुदुरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्नेछन् ।
तालिकाको शीर्ष दुई स्थानमा रहेका यी दुई टोलीबिचको विजेता सिधै फाइनलमा प्रवेश गर्नेछ । पराजित हुने टोलीले भने दोस्रो क्वालिफायरमा आजको पहिलो खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
एनपिएल क्रिकेटको फाइनल खेल शनिवार हुनेछ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल क्रिकेटको विजेता टोलीले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाउने आयोजक नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्