२८ पुस २०८१, आइतबार | Sun Jan 12 2025


ललितपुर महानगरलाई सबैभन्दा सफा शहर बनाउनछौं : मेयर महर्जन


494
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले महानगरपालिकालाई नेपालको सबैभन्दा सफा शहर बनाउन बनाउन चाहेको बताउनुभएको छ ।

मंगलबार महानगरपालिकाको १०६ औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मेयर महर्जनले यस्तो बताउनुभएको हो ।

मेयर महर्जनले प्राकृतिक विपद्को सामना गर्ने सवालमा नेपालकै उत्कृष्ट पालिका हुनेगरी काम गरिहरहेको बताउनुभयो । उहाँले ललितपुर महानगरपालिकाको वडा नं २३ र २४ मा पर्ने बाटो निर्माणमा सरकारले चासो नदिँदा लज्जित बनाइरहेको समेत बताउनु भयो । उहाँले संघीय सरकारले तत्काल त्यहाँका नागरिकहरुलाई मुआब्जा वितरण गरेर बाटो निर्माणलाई तिब्रता दिन प्रधानमन्त्री समक्ष आग्रह गर्नुभयो ।

मेयर महर्जनले महानगरको सातदोबाटो र चापागाउँमा फ्लाईओभर र एकान्तकुनामा अण्डर पास बनाउन जरुरी रहेको समेत बताउनुभयो ।