काठमाडौं । एसिसी यू-१९ महिला एसिया कपमा नेपालले पाकिस्तानलाई हराएको छ ।
मलेसियाको क्वालालम्पुरमा सोमबार भएको खेलमा नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १०५ रनको लक्ष्य दिएकोमा नेपालले उक्त लक्ष्य १ ओभर बाँकी छँदै पूरा गरेको हो ।
नेपालको जितमा कप्तान पुजा महतोले सर्वाधिक अवितिज ४७ रन बनाइन् । यस्तै सोनी पाख्रिनले १३ तथा ओपनर सना प्रवीनले १० रन बनाए ।
पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाउँदै १०४ रन बनाएको थियो ।
आजको जीतसँगै नेपाल सुपर फोरमा समेत प्रवेश गरेको छ । नेपालले अर्को खेल भोलि भारतसँग खेल्ने तालिका छ ।
प्रतिक्रिया दिनुहोस्