५ माघ २०८१, शनिबार | Sat Jan 18 2025


श्रद्धाञ्जलीका लागि पूर्वमेयर सिंहको पार्थिव शरीर पार्टी कार्यालयमा राखिने


0
Shares

काठमाडौ । सोमवार बिहान चाक्सीबारिस्थित निवासमा पूर्वमेयर पिएल सिंहको निधन भएको छ । उहाँको पार्थिव शरीरलाई अहिले चाक्सीबारी निवासमा नै राखिएको छ ।

११ बजे अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिनेछ । सिंह २०४९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित भई तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बन्नुभएको थियो । उहाँ पूर्वमन्त्री समेत हुनुहुन्थ्यो ।