६ माघ २०८१, आइतबार | Sun Jan 19 2025


लोकतन्त्रलाई सिध्याउन निरङ्कुश प्रवृत्तिहरु बढ्दै गइरहेका छन् : देव गुरुङ


91
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले लोकतन्त्रलाई सिध्याउन मुलुकमा निरङ्कुश प्रवृत्तिहरु बढ्दै गइरहेको बताउनुभएको छ ।

सोमबार नेपाल राष्ट्रिय कर्मचारी महासंघको १८ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव गुरुङले वर्तमान प्रणालीलाई सिध्याउँदै मुलुकलाई अस्थिरतातर्फ धकेल्ने खेलहरु भइरहेको बताउनुभएको हो ।

महासचिव गुरुङले विश्व भूराजनीतिक परिस्थितिहरुले गर्दा मुलुकको राष्ट्रियतामा गम्भिर संकट पैदा भएको उल्लेख गर्दै उक्त संकट मोचनको लागि कर्मचारी संगठनले दृढतापुर्वक राष्ट्रियता र स्वाधिनताको पक्षमा उभिएर काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

भ्रष्टाचारी, घुसखोरी जस्ता बेथितिका कारणले गर्दा मुलुक टाट पल्टिने दिशातर्फ उन्मुख रहेको महासचिव गुरुङको भनाइ छ । आर्थिक संकट पैदागरी मुलुकलाई विमुख तुल्याउने र राष्ट्रिय अस्मितालाई समाप्त पार्ने क्रियाकलापहरु भइरहेको भन्दै उहाँले यसो हुन नदिन र मुलुकमा सुशासन कायम गर्न निरन्तर खबरदारी गर्नु जरुरी रहेको उल्लेख गर्नुभयो ।

मुलुकमा गम्भिर आर्थिक, राजनीतिक र सामाजिक संकट पैदा भएको उल्लेख गर्दै महासचिव गुरुङले मुलुकको संकट मोचन गर्न कम्युनिष्ट विचार बोकेका नेता र पार्टीहरु एकढिक्का भएर जानुको विकल्प नभएको बताउनुभयो । गाण्तन्त्रवादी शक्तिहरु एउटा मोर्चाको माध्यमबाट सहकार्य गर्दै मेचीदेखि महाकालीसम्मका जनतालाई गोलवद्ध गर्दै लैजानुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।