८ माघ २०८१, मंगलबार | Wed Jan 22 2025


दक्षिण कोरियाका राष्ट्रपतिविरुद्धको महाअभियोग प्रस्ताव विफल


0
Shares

एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलविरुद्ध महाभियोग लगाउने प्रस्ताव विफल भएको छ ।

संसदमा उक्त प्रस्तावमाथि मतदान हुँदा पाँच मत पुगेन । महाअभियोग लगाउने प्रस्ताव पारित हुन दुई सय मत चाहिनेमा १ सय ९५ सांसद मात्रै प्रस्तावको पक्षमा उभिए । राष्ट्रपति युनको पिपुल्स पावर पार्टी (पीपीपी) का तीन जना सांसदबाहेक अन्यले मतदान बहिस्कार गरेपछि प्रस्ताव विफल भएको हो ।

यो प्रस्ताव विफल भएसँगै राष्ट्रपति युनमाथिको संकट तत्कालका लागि टरेको छ । तर उनको राजीनामा माग्दै सडकमा ओर्लिएका सर्वसाधारणले भने प्रदर्शन जारी राख्ने बताएका छन् ।

राष्ट्रपति यनुले गत मंगलबार अकस्मात देशमा सैनिक कानुन लागु गर्ने घोषणा गरेपछि दक्षिण कोरियामा राजनीतिक अस्थिरता चुलिएको हो । राष्ट्रपतिको कदम केही घण्टामै फिर्ता भएपनि सर्वसाधारणले प्रदर्शन जारी राखेका छन् ।

दक्षिण कोरियाको संसदमा राष्ट्रपतिको सत्तारुढ पार्टी अल्पमतमा छ । कुल ३ सय सांसदमध्ये पीपीपीसँग १ सय ८ सांसद छन् भने मुख्य विपक्षी डेमोक्रेटिक पार्टीसँग १ सय ७० सांसद छन् ।