२८ पुस २०८१, आइतबार | Mon Jan 13 2025


बुझ्दै नबुझी बिआरआई सम्झौताबारे टिप्पणी नगरौं : परराष्ट्रमन्त्री राणा


1.911k
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बिआरआई सम्झौताबारे भइरहेको आलोचनालाई बचपना टिप्पणीको संज्ञा दिनुभएको छ ।

इन्टरनेसनल कोर्ट अफ जस्टिस (आइसिजे)को जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा भाग लिन हेग प्रस्थान गर्ने क्रममा कुराकानी गर्दै परराष्ट्रमन्त्री राणाले यस्तो टिप्पणी गर्नुभएको हो ।

परराष्ट्रमन्त्री राणाले सम्झौतामा ऋण लिने वा दिनेबारे कुनै निर्णय नभएको जिकिर गर्दै सम्झौताबारे बुझ्दै नबुझि टिप्पणी गरेको बताउनुभयो । उहाँले ऋण लिने/दिने व्यवहार लिने पक्षको मञ्जुरी र आग्रहमा हुने भएकाले ऋण सम्झौता हस्ताक्षर गरियो भन्नु बचपना भएको आरोप लगाउनुभयो ।

नेपालले चीनसँग बिआरआई बाहेक अन्य कुनै सम्झौतमा हस्ताक्षर नगरेको पनि स्पष्ट पार्नुभयो । चीनले अघि सारेका डेभलपमेण्ट इनिसिएटिभ्स बारेमात्रै नेपालको चासो भएको बताउनुभयो । बिआरआई सम्झौता आफैँ विकास सहायता भएको बताउनुभयो । नेपालले चीनको ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ्समा मात्र सहभागी भएको बताउनुभयो ।