५ माघ २०८१, शनिबार | Sat Jan 18 2025


भक्तपुर महोत्सव मंसिर २८ गतेदेखि हुने


364
Shares

काठमाडौं । मंसिर २८ गतेदेखि पुस २ गतेसम्म भक्तपुर महोत्सव २०८१ आयोजना हुने भएको छ ।

कला र संस्कृतिको संरक्षण र स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यका महोत्सवको आयोजना गरिएको भक्तपुर नगरपालिकाले जनाएको छ ।

मूल आयोजक रहेको भक्तपुर नगरपालिकाले क्षेत्रगत रुपमा अन्य स्थानीय तथा सामाजिक संघसंस्थाहरुलाई क्षेत्रका आधारलाई सहआयोजकको जिम्मेवारी दिएको छ । महोत्सवले भक्तपुर नगरवासीको आर्थिकोपार्जन गराउने उद्देश्य लिई विभिन्न पेसा र व्यवसायीलाई सहयोग हुने अपेक्षा गरिएको छ ।

मेला भक्तपुर नगरपालिका–७ महेश्वरीस्थित महेश्वरी खेल मैदानमा हुने भएको छ । भक्तपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष एवं आयोजक भक्तपुर युवा टिमका सल्लाहकार उकेश कवांले सिंगो भक्तपुर महोत्सवको मुख्य आयोजक भक्तपुर नगरपालिका भएपनि उपयुक्तता र आवश्यकताअनुसार नगरपालिकाले विभिन्न संस्थाहरुलाई कामको जिम्मेबारी दिइएको जानकारी दिनुभयो । मेलास्थलमा केही दिन अगाडिबाट नै स्टल निर्माण लगायत अन्य कार्यको तयारी थालिसकेको पनि बताउनुभयो ।

व्यापार मेलामा झन्डै एक सय स्टलहरु रहनेछन् । तिमध्ये ८० स्टलहरु अगाडि नै बुकिङ भइसकेको आयोजकको दाबी छ ।