६ माघ २०८१, आइतबार | Mon Jan 20 2025


उपनिर्वाचनको नतिजा निराशाजनक छैन : ईश्वर पोखरेल


0
Shares

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तह उपनिर्वाचनको समिक्षा गर्ने बताउनुभएको छ ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले उपनिर्वाचनको समग्र प्रतिवेदन आएपछि पार्टीका तर्फबाट भएका कमी, कमजोरीबारे समिक्षा गर्ने बताउनुभएको हो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले २०७९ सालको निर्वाचनमा पराजित भएका केही ठाउँमा समेत नेकपा एमाले विजयी भएको बताउनुभयो । उहाँले स्थानीय तहको निर्वाचनलाई लिएर निराश हुनुपर्ने कारण नरहेको बताउनुभयो । आफ्नो पकड क्षेत्र भएका ठाउँमा पनि मत घटेकोप्रति समीक्षा गर्ने बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले काठमाडौंको कीर्तिपुर नगरपालिकाको परिणाम आफ्नो पक्षमा नरहेपनि गत निर्वाचनको भन्दा प्रगति भएको दाबी गर्नुभयो । उहाँले अहिले पुराना राजनीतिक दलहरु आउटडेटेड भए भन्ने भाष्य खडा गरिएपनि जनमतबाट पुष्टि हुन नसकेको बताउनुभयो । जनताले अहिले पनि पुराना राजनीतिक दलहरुमा आशा र विश्वास कायमै राखेको उहाँको दाबी छ । उहाँले राष्ट्रिय राजनीतिमा पुराना दलहरुको भुमिका कमजोर भन्ने कुरालाई जनताले अस्वीकार गरेको बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले उपनिर्वाचनबाट एमालेले निर्वाचनसँग गाँसिएका कुराहरुमा थप व्यवस्थित ढंगको व्यवस्थापन गर्नुपर्छ भन्ने पाठ सिकेको र त्यही आधारमा अघि बढ्ने बताउनुभयो ।