८ माघ २०८१, मंगलबार | Wed Jan 22 2025


हिमालय शेर्पा फाउण्डेशनद्वारा स्वास्थ्य शिविर सञ्चालन


546
Shares

काठमाडौं । नेपाल हिमालय शेर्पा फाउण्डेशनले ओखलढुंगाको विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

शिविरमा बालबालिकादेखि जेष्ठ नागरिकको उपचार भइरहेको हो ।

हालसम्म डेढ सय भन्दा बढी स्थानीयहरुको स्वास्थ्य जाँच भइरहेको चिकित्सक अन्ना इलिसाबेथ व्याचले जानकारी दिनुभयो ।

शिविरमा आधुनिक चिकित्सा र हिमालयन परम्परागत चिकित्सा पद्धति अनुसार जाँच भइरहेको छ । औषधि समेत वितरण भइरहेको फाउण्डेशनले जनाएको छ ।

फाउण्डेशनले विगतमा उपल्लो मुस्ताङ्, काठमाडौं, दोल्खा, सोलुखुम्बु र कञ्चनजंगा लगायत विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ ।