काठमाडौं । स्थानीय तहका विभिन्न ४१ पदका लागि आज शान्तिपूर्ण तरिकाले मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
बिहान ११ बजेसम्ममा २५ प्रतिशत मत खसेको आयोगकी प्रवक्ता निता पोखरेलले जानकारी दिनुभयो । साथै उहाँले हालसम्मको मतदान शान्तिपूर्ण रहेको पनि बताउनुभयो ।
आज स्थानीय तहको उपनिर्वाचनअन्तर्गगत मेयर र उपमेयर, अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष पदमा मतदान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्