गुल्मी । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको वडानम्बर– १ को वडा अध्यक्ष पदका लागि मतदान शुरु भएको छ । रिक्त वडा अध्यक्ष पदका लागि अहिले बिहान ७ बजेदेखि तोकिएकै समयमा मतदान शुरु भएको मुख्य निर्वाचनको कार्यालयका सहायक निर्वाचन अधिकृत ऋषिराम घिमिरेले जानकारी दिनुभयो ।
वडाअध्यक्षका निर्वाचनका लागि ३ वटा मतदान स्थल र ५ वटा मतदान केन्द्र तोकिएको छ । वडामा ४ हजार ५१ जना मतदाता रहेका छन् । वडाध्यक्षका लागि ८ जना चुनावी प्रतिसस्पर्धामा छन् । ५ जना राजनितिक दल र ३ जना स्वतन्त्र उम्मेदवार छन् ।
नेपाली काँग्रेसबाट आनन्द श्रेष्ठ, नेकपा एमालेबाट दलबहादुर थापा माओवादी केन्द्रबाट दुर्गाबहादुर बिक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास थापा र राष्ट्रिय पजातन्त्र पार्टीबाट इश्वरी खाती क्षत्री उम्मेदवार छन् । स्वतन्त्रबाट पोमानन्द खरेल, योगेन्द्र खरेल, कुलबहादुर थापा उम्मेदवार रहेको सहायक निर्वाचन अधिकृत घिमिरेले बताउनुभयो ।
त्यस वडामा नेपाली काँग्रेसबाट वडाअध्यक्ष पदमा निर्वाचित मोहन घिमिरेको २०८० भदौ २ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । मतदान सकेलगत्तै मतगणना पनि वडामै हुने घिमिरेले बताउनुभयो । त्यसका लागि पनि मतगणना स्थल तयारी गरि सकिएको छ ।
प्रतिक्रिया दिनुहोस्