काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भोलि चीन प्रस्थान गर्दै हुनुहुन्छ । प्रधानमन्त्री ओली चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणमा चीन भ्रमणमा जान लाग्नुभएको हो ।
भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङ, चीनका प्रधानमन्त्री ली छ्याङसँग प्रधानमन्त्री ओलीको उच्चस्तरीय वार्ता हुने तय भएको छ ।
यसैबीच, शनिवार प्रधानमन्त्रीको आसन्न चीन भ्रमणलगायत विविध विषयमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शीतल निवासमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालका अनुसार बिआरआई परियोजनासहित विविध विषयमा छलफल जारी रहेको र भ्रमणलाई सफल बनाउन उच्च स्तरमा पहल भइरहेको छ ।
प्रधानमन्त्री ओलीको यस भ्रमणका क्रममा सम्पर्क सञ्जालको विकास, व्यापार तथा पारवहन, लगानी, पर्यटन, पूर्वाधार विकास, कृषिलगायतका क्षेत्रमा सहयोग आदानप्रदानका विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्