१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


विपन्नलाई सम्पन्न बनाएपछि मात्र मुलुकमा समृद्धि आउछ : मन्त्री खड्का


208
Shares

काठमाडौं । उर्जा जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले विपन्नलाई सम्पन्न बनाएपछि मात्र मुलुकमा समृद्धि आउने बताउनुभएको छ ।

संखुवासभा–काठमाडौं जर्नालिष्ट एसोशिएन र मनराम प्रतिष्ठानद्वारा आयोजित मनराम– एसकाज पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा मन्त्री खड्काले मुलुकको समृद्धिका लागि सरकारले काम गरी रहेको बताउनुभयो । उहाँले संखुवासभामा रहेको अपर अरुण आयोजना जनताकै लगानीमा चाडै सुरु हुने विश्वास पनि व्यक्त गर्नुभयो । सबै संखुवासभाबासी शेयरको मालिक बन्ने र आर्थिक रुपले विपन्नलाई आयोजना धितो राखेर सरकारले सहुलियत ऋणको व्यवस्थापन गर्ने पनि बताउनुभयो ।

मन्त्री खड्काले नेपालले खोला नाला बेच्ने नभई त्यहाँबाट उत्पादित बिजुली बेच्ने हो भन्दै कुनै पनि उत्पादन नबेची समृद्धि आउन नसक्ने तर्क पनि गर्नुभयो । मन्त्री खड्काले भारतमा १० हजार, बंगलादेशमा ४० हजार मेगावाट पठाई सकेको र ५ हजार बढी मेगावाट बंगलादेशमा पठाउने तयारी भएको जानकारी दिनुभयो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानयि तह उपनिर्वाचनको मत परिणाम दुई दिनभित्र सार्वजनिक गर्ने गरी व्यवस्था मिलाएको बताउनुभयो । उहाँले एसकाजले राजनीतिभन्दा माथि उठेर सबैलाई एउटै स्थानमा स्थापित गर्न सकेको भन्दै सबै मिलेर लागे समृद्धि सम्भव हुने बताउनुभयो ।

मनराम प्रतिष्ठानका अध्यक्ष सुजनकुमार श्रेष्ठ, संखुवासभा काठमाडौ जर्नालिस्ट एशोसिएशसनका अध्यक्ष शंकर खनाललगायतले पत्रकारिताको माध्यमबाटमात्रै समाज रुपान्तरण सम्भव हुने बताउनुभयो । यस वर्षको ५० हजार राषिको मनराम–एसकाज पत्रकारिता पुरस्कार संखुवासभाका वरिष्ठ पत्रकार, साहित्यकार ज्ञान उदाशलाई प्रदान गरीएको थियो ।