काठमाडौं । नकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीतिलाई सही दिशामा लैजान आवश्यक रहेको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा मोहनविक्रम सिंहको पुस्तक कामरेड जलजलाको विमोचन समारोहमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो ।
अध्यक्ष नेपालले राजनीतिलाई सही दिशामा लैजानको निम्ति कम्युनिष्ट आन्दोलनलाई बचाइराख्नुपर्ने बताउनुभयो । उहाँले मानव जातिभित्र असल पनि र खराब पनि रहेको उल्लेख गर्नुभयो ।
अध्यक्ष नेपालले नेपालका नेताहरुभित्र पनि असल र खराबका साथसाथै भ्रष्ट, पतित, स्वार्थी, मतलवी र देश बेच्ने प्रपञ्च रच्नेहरु पनि रहेको टिप्पणी गर्नुभयो ।
अध्यक्ष नेपालले समाज र जनताप्रतिको उत्तरदायित्वको बोध नेताहरुले गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्