काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार आगामी निर्वाचनसम्म नै कायम रहने दाबी गर्नुभएको छ ।
शनिबार रुपन्देही उद्योग संंघको ४७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।
अर्थमन्त्री पौडेलले विगतमा छिनछिनमा सरकार परिवर्तन भइरहेको हुनाले वर्तमान सरकार पनि कतिबेला परिवर्तन होला भन्ने आशंका उब्जिएको हुनसक्ने भन्दै सरकार ०८४ सम्म नै कायम रहने दाबी गर्नुभयो । कसैले कहीँ पर्दाभित्र, पर्दा बाहिर कोशिस नगर्न आग्रह गर्दै उहाँले वर्तमान सरकारको विकल्पमा कोशिस नगरे राम्रो हुने सुझाव दिनुभयो ।
उपप्रधानमन्त्री पौडेलले अहिले अस्थिरता सम्भव नरहेको र अस्थिरताका कुनै कोशिसहरु सार्थक हुन नसक्ने दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्