काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका आचरण र दर्शनलाई आत्मसाथ गरेर समाजमा प्रस्तुत हुन आग्रह गर्नुभएको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दिक्षान्त तथा २० औं वार्षिकोत्सव समारोहलाई शुक्रबार सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले यस्तो आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले बुद्धका उपदेश, शान्ती, करुणा र मित्रतालाई आफ्नो जीवनमा अनुशरण विश्वमाझ फैल्याउन सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले अहिले समाजमा जालझेल र प्रपञ्च गर्ने कामहरु भइरहेको उल्लेख गर्दै सबैले सत्य र निष्ठाको बाटोमा लाग्नुपर्ने बताउनुभयो । मानव जातीको कल्याण विश्व शान्ती र समानताबाट मात्रै हुने उहाँको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले सबै सुखी होउन् भन्ने बुद्धका सन्देशको अर्को रुप नै आफूहरूले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा भएकाले यसलाई पूरा गर्न सबैमा आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्