काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले बालाचतुर्दशीलाई लक्षित गर्दै सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट बागमतीमा थप पानी छाडिएको जनाएको छ ।
बालाचतुदर्शीमा पशुपति क्षेत्रमा सतबिज् छर्नेहरुका लागि सहज होस भनेर बिहीबार साँझदेखि चार करोड लिटर पानी बागमती नदीमा छाडिएको समितिले जनाएको हो ।
मेलम्चीको पानी बागमतीमा छाडिदिँदा भक्तजनहरुलाई स्नानलगायतका कार्यमा सहज हुने भएको छ ।
मेलम्चीको पानी छोडिएपछि बागमतीमा सफा पानी बगेको छ ।
प्रतिक्रिया दिनुहोस्