१७ मंसिर २०८१, सोमबार | Mon Dec 2 2024


रवि लामिछानेको आजको बयान सकियो


2.158k
Shares

काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सरकारी वकिल कार्यालयमा सकिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा शुक्रबार बिहानदेखि लामिछानेको बयान लिइएको थियो । दिउँसो साढे ३ बजेबाट आजका लागि बयान सकिएको हो ।

आइतबार बयानलाई निरन्तरता दिनेगरी आजको लागि बयान सकिएको बताइएको छ । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न कार्तिक २ कास्की जिल्ला अदालतको अनुमतिमा लामिछाने पक्राउ परेका हुन् ।

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा लामिछानेबिरुद्ध मंसिर २ गते पक्राउ अनुमति जारी भएको थियो । उहाँलाई बिहीबार साँझ काठमाडौं ल्याइएको थियो ।