२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024


बुटवलमा डेंगु खोज र नष्ट गर अभियान सुरु


0
Shares

काठमाडौं । बुटवल उपमहानगरपालिकामा डेंगु खोज र नष्ट गर अभियान सुरु भएको छ ।

स्वास्थ्य कार्यालय रूपन्देही, बुटवल उपमहानगरपालिका, टोल विकास संस्थाहरूसँगको सहकार्यमा बुटवल उपमहानगरपालिका ५ का सम्भावित जोखिमयुक्त क्षेत्रमा डेंगुको लार्भा खोज र नष्ट गर अभियान सुरु गरिएको हो ।

बुटवलको मुख्य हाटबजार र तिनाउ नदी किनारको बस्ती रहेको ५ नम्बर वडा डेंगु संक्रमणको सम्भावित जोखिमयुक्त क्षेत्र भएकोले डेंगुको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखाकी जनस्वास्थ्य निरीक्षक कल्पना पाण्डे भुसालले बताउनुभयो । यो अभियान दुई दिनसम्म चल्ने उहाँले जानकारी दिनुभयो । समुदायमा चेतना जगाउने हेतुले अभियान शुरुवात गरेको बताउनुभयो ।

स्वास्थ्य कार्यालय रूपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जिल्लाका सिद्वार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिकालगायतका पालिकामा अभियान सञ्चालन भइसकेको जानकारी गराउँदै बुटवल पनि सम्भावित जोखिमयुक्त क्षेत्र भएकोले यो अभियान सञ्चालन गरिएको बताउनुभयो ।

अभियानका क्रममा डेंगु फैलनसक्ने सम्भावित स्थान, नष्ट गर्ने तरिकाबारे जानकारी मुलक पर्चा पम्प्लेट बितरण गर्नुका साथै डेंगु संक्रमण गराउने लार्भा नष्ट गरिएको उहाँले जानकारी दिनुभयो ।