२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024


धितोपत्र बोर्ड नवनियुक्त अध्यक्ष श्रेष्ठले लिए शपथ


559
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले शपथ लिनुभएको छ ।

मंगलबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नवनियुक्त अध्यक्ष श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

श्रेष्ठलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । शपथ ग्रहण गर्दै श्रेष्ठले आफ्नो ज्ञान र विवेकले भ्याएसम्म इमान र कर्तव्यमा रही बफादार भएर काम गर्ने बताउनुभयो । उहाँले नेपाली पुँजीबजारमार्फत मुलुकको अर्थतन्त्र योगदान पुग्ने गरी लगानीकर्ताको हितमा काम गर्ने बताउनुभयो ।

नवनियुक्त अध्यक्ष श्रेष्ठले बोर्डमा चुनौतीहरु धेरै ठूला रहेको भन्दै चुनौतीहरुलाई अवसरको रुपमा लिँदै नेपाली पुँजीबजारलाई नयाँ उचाईमा पु¥याउने प्रतिवद्धता जनाउनुभयो । उहाँले चुनौतीहरुलाई प्राथमिकता दिएर काम गर्ने बताउनुभयो । उहाँले पुँजीबजार बिस्तार गर्न अवसरहरु धेरै रहेको भन्दै नेपाली पुँजीबजारलाई पूर्णरुपमा सदुपयोग नभएको बताउनुभयो ।

नवनियुक्त अध्यक्ष श्रेष्ठले पुँजीबजारको दायरा बढाउन सकिने अवस्था रहेको भन्दै पुँजीबजारको सिद्धान्त बमोजिम मुलुकको हितमा काम गर्ने बताउनुभयो ।

त्यस्तै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लामो समयदेखि नियुक्त हुन नसकेको बोर्ड अध्यक्षमा खुला प्रतिष्पर्धाको माध्यमबाट अध्यक्ष छनोट गरेको बताउनुभयो । उहाँले अध्यक्षबाट नेपाली पुँजीबजारको क्षेत्रमा रहेका समस्याहरुलाई संस्थागत रुपमा समाधान गर्ने अपेक्षा रहेको बताउनुभयो । उहाँले अध्यक्षले पुँजीबजारको व्यवस्थित विकासको लागि बोर्डले गतिशिल भएर काम गर्ने बताउनुभयो । उहाँले बाहिर आएका हल्लालाई चिर्नको लागि राम्रो काम गर्न निर्देशन दिनुभयो ।

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले उत्कृष्ट कार्यायोजना तथा अन्तर्वार्ताका आधारमा सन्तोषनारायणसहित, मुक्तिनाथ श्रेष्ठ र डा। नवराज अधिकारीको नाम मन्त्रीपरिषद्मा सिफारिस गरेको थियो । सोमबारको मन्त्रिपरिषद् बैठकले सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको हो ।