१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


सामाजिक सुरक्षा अवधारणा र प्रयोगले नेपाली श्रमिकहरुलाई उत्साहित तुल्याएको छ : अर्थमन्त्री पौडेल


546
Shares

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले योगदानमा आधारित सामाजिक सुरक्षा अवधारणा र प्रयोगले नेपाली श्रमिकहरुलाई उत्साहित तुल्याएको बताउनुभएको छ ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले यस्तो बताउनुभएको हो । उहाँले नेपाली श्रमिकलाई भविष्यप्रति आस्वस्त तुल्याएको पनि दाबी गर्नुभयो । उहाँले समाजिक सुरक्षाको अवधारणाको प्रभावकारी कार्यान्वयनका निम्ति सरकारले धेरै काम गर्न बाँकी रहेको बताउनुभयो ।

अर्थमन्त्री पौडेलले सामाजिक सुरक्षाको दायरामा समेटिन बाँकी रहेका सबै श्रमिकहरुलाई दायरामा समेट्न जरुरी रहेको बताउनुभयो । उहाँले योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई प्रभावकारी कार्यान्वयन र परिणाम दिने गरी अगाडि लैजानुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो । उहाँले नेपालमा सामाजिक सुरक्षाको अवधारण अघि सार्ने काम पार्टी नेकपा एमाले भएको बताउनुभयो ।

अर्थमन्त्री पौडेलले एमाले नेतृत्वको सरकाले नै नेपालमा सामाजिक सुरक्षाको अवधारणा अघि सारेको दाबी गर्दै अब व्यवहारिक रूपमा कार्यान्वयन र स्थापित गरिने बताउनुभयो । उहाँले समय क्रममा सामाजिक सुरक्षाका दायरालाई बिस्तार गर्नुका साथै त्यसमा नयाँ पन पनि ल्याइएको बताउनुभयो ।

अर्थमन्त्री पौडेलले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम राज्यको जिम्मेवारी नागरिकप्रति छ भन्ने अवधारणाको आधारमा अघि सारिएको बताउनुभयो । उहाँले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम मौलिक सोच भएको दाबी गर्नुभयो । उहाँले केपी ओली नेतृत्वको वर्तमान सरकारले सामाजिक सुरक्षा कार्यक्रमलाई अझ प्रभवकारी र रचनात्मक बनाउने उल्लेख गर्नुभयो ।