२५ मंसिर २०८१, मंगलबार | Tue Dec 10 2024


महिला नेपाल प्रिमियर लिगको आयोजना गर्न क्यानलाई प्रधानमन्त्रीको आग्रह


520
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला नेपाल प्रिमियर लिगको आयोजना गर्न नेपाल क्रिकेट संघलाई निर्देशन दिनुभएको छ ।

सोमवार धरहरा परिसरमा नेपाल प्रिमियर लिगको ट्रफी अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल प्रिमियर लिगको शुभकामना दिँदै आगामी दिनमा महिला नेपाल प्रिमियर लिगको आयोजना गर्न पनि क्यानका पदाधिकारीहरुसँग आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले क्रिकेट युवा पुस्ताको एउटा सपना र गौरव बनेको बताउनुभयो । उहाँले क्रिकेट खेल मात्र नभइ राष्ट्रिय जागरुकता, अनुशासनको प्रतिक पनि बनेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘क्रिकेट हाम्रो युवा पुस्ताको एउटा सपना बनेको छ । एउटा गौरव बनेको छ । यो हाम्रो खेल मात्र नभइ हाम्रो राष्ट्रिय जागरुकता, अनुशासनको प्रतिक पनि बनेको छ ।…….एनपिएलले पर्यटन व्यवसायको पनि प्रवद्र्धन गर्दछ भन्ने मलाई विश्वास छ । क्यानका पदाधिकारीहरुले आगामी दिनमा महिला विशेष एनपीएल लिग आयोजना गरोस् भन्ने इच्छा छ, शुभकामना छ ।’

प्रधानमन्त्री ओलीले सबै टिमहरुलाई शुभकामना दिनुभयो । उहाँले एनपीएलले पर्यटन व्यवसायको पनि प्रवद्र्धन गर्ने विश्वास व्यक्त गर्नुभयो ।