Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


वर्तमान सत्ता समिकरण आगामी निर्वाचनसम्म कायमै रहन्छ : प्रधानमन्त्री ओली


767
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँगको सत्ता समिकरण आगामी निर्वाचनसम्म कायमै रहने बताउनुभएको छ ।

सरकार दशैं, तिहारसम्म टिक्दैन भनेर भ्रम छर्नेहरुले अहिले फागुनसम्म पनि टिक्दैन भन्ने भ्रम फैलाउने काम गरिरहेको जिकिर गर्दै प्रधानमन्त्री ओलीले सरकार आगामी २०८४ साल मंसिरमा हुने निर्वाचनसम्म कायमै रहने दाबी गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले २०८४ साल मंसिरको चुनावसम्म अहिलेको समिकरण कायम रहने बताउनुभयो । शुक्रबार काठमाडौंमा नेकपा (एमाले) काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीले संयुक्त रुपमा आयोजना गरेको जागरण सभामा बोल्दै उहाँले अवको १८ महिनापछि आफूले सरकारको नेतृत्व शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने उल्लेख गर्दै उहाँले सरकार पूरा कार्यकाल रहँदैन भन्नेहरुले फैलाएको भ्रम चिर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।

प्रधानमन्त्री ओलीले मुलुक र लोकतन्त्रलाई अपm्ठ्यारोमा पार्न नदिन र समाजमा अराजकता मच्चाउने काम हुन नदिन कांग्रेससँग सहकार्य गरेर अघि बढ्नुपरेको पनि स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले मुलुकमा अराजकता मच्याएर समाजलाई भाँड्ने प्रयासलाई सरकारले असफल बनाउने पनि बताउनुभयो ।