२० आश्विन २०८१, आइतबार | Sun Oct 6 2024


दुई सय रुपैंयाँ ऋण चुकाउन नसक्दा एक बर्ष जेल !


0
Shares

जनकपुर । साहुलाई दुई सय रुपैंयाँ ऋण चुकाउन नसक्दा धनुषाका एक दलित एक बर्षका लागि जेल चलान भएका छन् ।

जनकपुर उपमहानगरपालिका–१८, कुवा रामपुरका ६० बर्षीय राधाकृष्ण खंग(खत्वे) ले आइतबार जिल्ला अदालत धनुषामा हाजिर भई आफूलाई जेल चलान गरिदिन आग्रह गरेका हुन ।

‘सुरुमा अदालतका कर्मचारीले पक्राउ पुर्जी दिन आनाकानी गरेका थिए ।

पछि नागरिकता प्रमाणपत्र देखाएपछि बल्ल जिल्ला प्रहरी कार्यालयलाई पत्र लेखे, खगसँगै अदालत पुगेका सोही गाउँका कुशेश्वर मेस्तरले बताए ।

मेस्तरका अनुसार खंगलाई जिल्ला अदालत पु¥याउन गाउँका सातजना दलित सँगै आएका थिए । ‘हामी स्नान र पूजा गरी गाउँको शिवमन्दिरमा भेला भयौं र भगवान शिवलाई साक्षी राखी सिधै जिल्ला अदालत पुगेर खंगलाई आत्मसमर्पण गरायौं,’ मेस्तरले भने ।

पत्रकार महासंघ धनुषाको विद्यापति चोकस्थित कार्यालयमा शनिबार पत्रकार सम्मलेन गरी खंगले आफूले आत्मसमर्पण गर्न लागेको जानकारी गराएका थिए । -कान्तिपुर दैनिकबाट