काठमाडौं । पूर्व सभामुख दमननाथ ढुङ्गानाको अन्त्येष्टि सोमबार हुने भएको छ । काठमाडौँको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आइतबार दिउँसो ढुङ्गानाको निधन भएको हो ।
८३ वर्षीय पूर्व सभामुख ढुङ्गाना लामो समयदेखि कलेजो र मिर्गौला रोगबाट ग्रस्त हुनुहुन्थ्यो । २०४८ सालमा काठमाडौँ क्षेत्र नं २ बाट नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएका ढुङ्गानाले २०४८ सालदेखि २०५१ सम्म प्रतिनिधि सभाको सभामुखको जिम्मेवारी सम्हाल्नुभएको थियो भने उहाँ वरिष्ठ अधिवक्तासमेत हुनुहुन्थ्यो ।
प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेलले गहिरो दुःख व्यक्त गर्दै ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । ढुङ्गानाका श्रीमती, एक छोरी र दुई छोरा हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्