१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


माओवादी केन्द्र राष्ट्रिय राजनीतिमा ‘बाईबाई’ भइसक्यो : पूर्वमन्त्री गुरुङ


2.522k
Shares

काठमाडौं । सत्तारुढ नेकपा (एमाले)का पोलिटव्युरो सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङले नेकपा (माओवादी केन्द्र)ले विकासको नाममा कमिशनतन्त्र चलाईरहेको आरोप लगाउनुभएको छ ।

पार्टीको गौरीशंकर गाउँपालिका काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै पूर्वसञ्चारमन्त्री गुरुङले माओवादी केन्द्रलाई विकास विरोधी,अझै पनि हत्या र हिंसामा विश्वास गर्ने पार्टी भएकाले ऊसको हैसियत राष्ट्रिय राजनीतिमा समाप्त भएको जिकिर समेत गर्नुभयो ।

गुरुङले माओवादी केन्द्रसँग कुनै राजनीतिक संस्कार नभएकाले आगामी स्थानीय तहको निर्वाचनमा जनताले हराई दिने दाबी समेत गर्नुभयो । विकासको नाममा कमिसनतन्त्र चलाउने भएकाले आगामी उपनिर्वाचनमा सो पार्टी पराजित हुने उहाँको भनाई थियो । पूर्वमन्त्री गुरुङले मुलुकलाई राजनीतिक स्थायित्व र विकास दिनका लागि काँग्रेससँग सत्ता सहकार्य गरेर अघि बढनु परेको पनि बताउनुभयो । माओवादी केन्द्रले कहिले एमाले, कहिले काँग्रेससँग मिलेर आफ्नो अस्तित्व मात्रै जोगाईरहेको बताउनुभयो ।

एमालेले पार्टीको तर्फबाट गौरीशंकर गाउँपालिकाको उपाध्यक्षको रुपमा उमा शेर्पालाई उम्मेदवार बनाएको छ । पार्टीका स्थायी समिति सदस्य डा. राजन भट्टराईले उहाँलाई पार्टीको तर्फबाट उम्मदवारको टिकट औपचारिक रुपमा वितरण गर्नुभएको थियो ।

कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल, केन्द्रिय सदस्य सरस्वती बस्नेतलगायतका नेताहरुले गौरीशंकर गाउँपालिकाको निर्वाचनमा एमालेले जित्ने दाबी गर्नुभएको थियो ।