
काठमाडौं । दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । अन्य ७ जना घाइते छन् ।
मालिकार्जुनबाट गोकुलेतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जिप आज बिहान शैल्यशिखर नगरपालिका–६ मा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी छ ।
स्थानीय मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फकिँदै गर्दा दर्शनार्थी बोकेको जिप दुर्घटनामा परेको प्रहरीले बताएको छ । जिप सडकबाट झण्डै एक सय मिटर तल खसेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्