काठमाडौं । ग्यालेक्सी ए सिक्सटिन फाइभ जी नेपाली बजारमा भित्रिएको छ ।
मिड सेग्मेन्टमा रेकर्ड ब्रेकिङ दाबि गरिएको सिक्थ जेनेरेशनको अपग्रेटेड अपरेटिङ सिस्टम र सुरक्षा अपडेटका साथ सामसङ ग्यालेक्सी ए सिक्सटिन फाइभ जी नेपाली बजारमा भित्रिएको कम्पनीले जनाएको छ ।
सामसङ नेपालले ओटाकू जात्राका अवसर पारेर नयाँ उत्पादनको बजार प्रवेश गराएको हो ।
यो नयाँ किफायती मध्यमस्तरको स्मार्टफोनमा ६ वर्षको सफ्टवेयर सपोर्ट, सिक्नेच कि आइल्याण्डसहितको प्रिमियम ग्यालेक्सी ए–सिरीज डिजाइन, उच्च रेटिङ, मिडियाटेक प्रोसेसर र ट्रिपल क्यामेरा सिस्टम जस्ता विशेषता रहेको सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले जानकारी गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्