एजेन्सी । युक्रेनले रुसको मस्कोमा प्रहार गरेको ३४ ड्रोन हवाई रक्षा प्रणालीद्वारा नष्ट गरिएको छ । मस्को क्षेत्रमा ३४ र अन्य क्षेत्रमा पनि सोही संंख्यामा ड्रोन आक्रमण भएको रुसले पुष्टि गरेको छ ।
रुसले सन् २०२२ मा युक्रेनमा आक्रमण शुरु गरेयताको युक्रेनले गरेको सबैभन्दा ठूलो हमला हो । आक्रमणका कारण मस्कोमा रहेको तीनवटा विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । आक्रमणमा ५२ वर्षीया एक महिला घाइते हुनुका साथै मस्कोको स्टानोभोय गाउँका दुई घरमा आगजनी भएको छ ।
रुस र युक्रेनबीच युद्ध शुरु भएयता रुसले युक्रेनमाथि लगातार रुपमा ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेतापनि युक्रेनबाट भने कम मात्रामा मात्रै आक्रमण हुने गरेको छ ।
गत सेप्टेम्बरमा मस्कोनजिकै युक्रेनले गरेको ड्रोन आक्रमणमा एक महिलाको मृत्यु भएको थियो जुन घटना द्वन्द्व शुरु भएयता राजधानीनजिकै युक्रेनी आक्रमणमा मृत्यु भएको त्यो पहिलो हो ।
प्रतिक्रिया दिनुहोस्