२७ मंसिर २०८१, बिहिबार | Fri Dec 13 2024


निशानले नौ हजार कर्मचरी कटौती गर्दै


0
Shares

एजेन्सी । जापानको प्रसिद्ध कार उत्पादक कम्पनी निशानले नौ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत माकोतो उचिदाले आफ्नो वार्षिक बिक्री अनुमानभन्दा धेरै घटेका कारण कम्पनीले संकटको सामना गर्नुपर्ने अवस्था आएको भन्दै तत्काल कर्मचारी व्यवस्थापन गर्नु परेको जनाउनुभएको छ ।

उत्तर अमेरिकी बजारमा निशानको व्यापार खस्कनु नै प्रमुख कारक रहेको पनि उचिदाको भनाइ छ । उहाँले नोभेम्बर २०२४ देखि आफ्नो मासिक पारिश्रमिकको ५० प्रतिशत स्वेच्छाले त्याग्ने र अन्य कार्यकारी समितिका सदस्यहरूले पनि त्यसअनुरूप तलब कटौती गर्ने जानकारी दिनुभएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

कम्पनीले विज्ञप्तिमा निशानले विश्वव्यापी उत्पादन क्षमतामा २० प्रतिशतले कटौती गर्ने र विश्वव्यापी कर्मचारी नौ हजारले घटाउने उल्लेख गरेको छ । पहिलो अर्धवार्षिकमा नाफामा ९३ प्रतिशतले गिरावट आएको कम्पनीले जनाएको छ ।