१७ मंसिर २०८१, सोमबार | Mon Dec 2 2024


अमेरिकामा मतगणना : ट्रम्पको अग्रता


3.991k
Shares

एजेन्सी । अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि मतगणना शुरु भएको छ । केही राज्यहरुमा मतदान जारी रहँदा केहीमा भने मतगणना थालिएको छ ।

अमेरिकाको ४७ औं राष्ट्रपति बन्न डेमोक्रेटिक पार्टीबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा छन् । प्रारम्भिक मत परिणाममा ह्यारिसमाथि ट्रम्पले झिनो अग्रता लिएका छन् ।

सिएनएनका अनुसार अहिलेसम्म ट्रम्पले १ सय ६२ भोट सुरक्षित गरेका छन् भने ह्यारिसले ८१ भोट सुरक्षित गरेकी छिन् । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन कुल ५ सय ३८ इलेक्टोरल भोटमध्ये २ सय ७० मत आवश्यक पर्दछ । अहिलेसम्म गणना गरिएका र जितको प्रक्षेपण गरिएका राज्यहरुमा अघिल्लो निर्वाचनकै परिणामले निरन्तरता पाएको छ ।