काठमाडौं । सूर्यदर्शन सहकारीे ठगी प्रकरणमा नेचर हर्ब्स इन्टरनेश्नलका सञ्चालक रामबहादुर खनाल पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले तनहुँको बगालेफाँटका ४८ वर्षीय रामबहादुर खनाल आज काठमाडौंको पानीपोखरीबाट पक्राउ गरेको हो ।
गोरखा ग्रुफ अफ कम्पनीका शेयरधनी समेत रहेका खनाललाई थप अनुसन्धानका लागि आजै जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ ।
सहकारीको रकम नेचर हर्ब्समा पनि लगानी गरेको पाइएपछि अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुवै संस्थाका मुख्य सञ्चालक जिबी राई रहेको खुलासा भएको छ ।
प्रतिक्रिया दिनुहोस्