१७ मंसिर २०८१, सोमबार | Mon Dec 2 2024


लुम्बिनीमा तीन मन्त्री थपिए


1.989k
Shares

काठमाडौं । लुम्बिनी प्रदेशमा तीन जना मन्त्री थपिएका छन् ।

मुख्यमन्त्री चेतनारायण आचार्यले बर्दियााबाट निर्वाचित कांग्रेसका जन्मजय तिमिल्सिना र नवलपरासीका देवकरण कलवार तथा बाँकेका जनता समाजवादी पार्टीका आदेशकुमार अग्रवाललाई मन्त्री नियुक्त गर्नुभएको हो ।

तिमिल्सिनालाई सामाजिक विकास, कलवारलाई वन तथा वातावरण र अग्रवाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

नवनियुक्त मन्त्रीहरुको बिहीबार बिहान शपथ हुने तय गरिएको छ ।