३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


नेपाल संवत ११४५ लाई भव्य रुपमा मनाऔँ : उपप्रधानमन्त्री सिंह


286
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल संवत ११४५ लाई भव्यताका साथ सम्पन्न गर्न सबै एकजुट हुनुपर्ने बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले आउँदै गरेको नेपाल संवत ११४५ लाई नयाँ वर्षका रुपमा मनाउनुपर्ने बताउनुभयो । उहाँले न्हुदय भिन्तुनाको उपलक्ष्यमा देशवासीलाई सुख, समृद्धि प्राप्ते हुने विश्वाससमेत व्यक्त गर्नुभयो ।

उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘आउँदै गरेको नेपाल संवत ११४५ को नयाँ वर्ष हामी मनाउँदैछौँ । न्हुदय भिन्तुनाको उपलक्ष्यमा म देशका आमाबुबा, दाजुभाई, दिदिबहिनी सबैलाई र नेपालमा मात्र नभइ विदेशमा बस्नेहरुलाई पनि ११४५ को अवसरमा शुभकामना व्यक्त गर्न चाहन्छु । सबैजना मिलेर सबैले प्रशंसा गर्न लायकको कार्यक्रम हामीले अघि बढाउनुपर्छ ।’

उपप्रधानमन्त्री सिंहले सबै मिलेर नेपाल संवत ११४५ लाई प्रशंसा गर्न लायक बनाउनुपर्ने बताउनुभयो ।