
सन्तोष पुर्कुटी (इमेज)
ताप्लेजुङ, असार ६ । कन्चनजंघा हिमाल आरोहण गरेकाहरुबाट यो वर्ष ८२ लाख २६ हजार ७०० रुपैयाँ राजश्व संकलन भएको छ । यो राजश्व अहिलेसम्मकै सबैभन्दा बढी भएको पर्यटन विभागले जनाएको छ ।
चार वर्ष आरोहण हुन नसकेको कन्चनजंघामा यो वर्ष पाँचओटा कम्पनीले ४६ जना आरोहीलाई आरोहण गराएका थिए ।
आरोहणका लागि अनुमति लिएर जानेले १ लाख ८० हजार रुपैयाँ तिर्नुपर्छ ।
यस्तै, आरोहीले कन्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्लाईसमेत २ हजार रुपैयाँ बुझाउनुपर्छ ।
संकलित राजश्व रकम प्राकृतिक स्रोत तथा वित्त आयोगले वितरण गर्ने गरेको छ । तर, कन्चनजंघामा भने अरु हिमालमाजस्तो पूर्वाधार विकास हुन सकेको छैन ।
यो वर्ष २० नेपाली र २६ विदेशीले कन्चनजंघा हिमालको सफल आरोहण गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्