
काठमाडौं । नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी–२० शृंखलामा सुखद सुरुआत गरेको छ । नेपालले डलासमा आज विहान भएको पहिलो खेलमा अमेरिकामाथि १७ रनको शानदार जित निकालेको हो ।
यससँगै तीन खेलको शृंखलामा नेपालले १–० को अग्रता लिएको छ । दोस्रो खेल भोलि हुनेछ । तेस्रो तथा अन्तिम खेल सोमबार खेल्नेछ । जितका लागि १ सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिका २० ओभरमा ७ विकेट गुमाएर मात्र १ सय ४७ रनमा समेटिएको हो ।
यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । कप्तान पौडेलले सर्वाधिक ४९ रन बनाए । ओपनरद्वय अनिलकुमार साह र आसिफ शेखले समान २७ रन बनाएका थिए भने दीपेन्द्रसिंह ऐरी २८ रनमा आउट भएका थिए । नेपालको बलिङ कसिलो रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्