काठमाडौं । जनकपुरधाममा दशैंको अवसर पारेर सस्तो बजार सञ्चालन गरिएको छ ।
घटस्थापनाका दिनदेखि दशैंको सस्तो बजार शुरु गरिएको थियो । सुपथ मूलयमा सस्तो बजारमा सामान खरिद पाउने भएपछि सस्तो बजारमा उपभोक्ताहरुको चहलपहल बढेको छ ।
दशैं सस्तो बजारमा लत्ताकपडा, जुत्ताचप्पल, श्रृंगारका सामान, घरेलु सामान, सजावटका सामाग्रीका साथै खाद्यवस्तुहरु व्यापारीहरुले विक्री गर्दै आईरहेका छन् । जनकपुरधाममा दशैंको मेला वरपरका गाउँबाट आएकाहरु दैनिक उपभोग्य वस्तु खरिद गर्नकालागि पुग्ने गरेका छन् ।
जनकपुरधाम बजारमा मन्दीमा रहेको समय यो सस्तो बजारले बजार व्यवसायमा उत्साह ल्याउने सस्तो बजारमा कपडाको स्टल लगाएका व्यापारी श्याम साहले बताउनुभयो । उहाँ प्रत्येक वर्ष दशैं सस्तो बजारमा स्टल लगाउँदै आइरहनुभएको छ । यता जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले जनकपुरधामको बजार व्यवसायलाई चलायमान बनाउने उद्देश्यले प्रत्येक वर्ष सस्तो बजार लगाउने गरिएको बताउनुभयो ।
अध्यक्ष भण्डारीले आउने वर्षहरुमा दशैंमा मात्रै लाग्ने यो सस्तो बजार छठसम्म लगाउने गरी योजना बनाईरहेको जानकारी दिनुभयो । सस्ता बजारमा स्टल लगाएका पंकज केजरीवालले सस्तो बजारले आर्थिक रुपमा व्यापारीलाई केही हदसम्म सबल बनाउने बताउनु भयो । सस्तो बजारमा राम्रै व्यापार चलिरहेको बताउनुभयो ।
सस्तोमै राम्रा सामान खरिद गर्न पाउने अपेक्षासहित आफू सस्तो बजारमा आएका उपभोक्ताहरुले बताए । यद्यपि खुद्रा सामान किन्न कठिनाई भइरहेको उपभोक्ताहरुको गुनासो रहेको छ । दशैंको अवसरमा हरेक वर्ष जनकपुर धाममा सस्तो मेला लाग्ने गर्दछ ।
प्रतिक्रिया दिनुहोस्