
काठमाडौं । शेयर बजार सोमबार दोस्रो दिन पनि बढेको छ ।
दिनभरको उतार चढावकाबीच सोमबार बजार परिसूचक नेप्से ३७ अंकले बढ्दै २६ सय ९० को विन्दुमा पुगेर बन्द भएको छ ।
नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये वित्त र उत्पादन उपसमूह घट्दा बाँकी ११ वटा उपसमूह भने बढेका छन् । सोमबार कुनै पनि कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट नलागेपछि थ्री स्टार हाइड्रो र डोल्टी पावर कम्पनीको शेयर मूल्य सर्वाधिक ९ प्रतिशत भन्दा बढीले बढेको छ ।
इस्टर्न हाइड्रोपावरको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । सोमबार ३ सय ५ वटा कम्पनीको १ करोड ५८ लाख ४५ हजार कित्ता शेयर ७ अर्ब ९ करोड ५९ लाख रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ । कारोबार रकमका आधारमा सोमबार चन्द्रागिरि हिल्सको सर्वाधिक २६ करोड २३ लाख रुपैयाँ बढीको शेयर खरिद बिक्री भएको छ ।
प्रतिक्रिया दिनुहोस्