Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


कांग्रेस, एमाले र माओवादीको सत्तास्वार्थले मुलुक बिग्रियो : अध्यक्ष लिङ्देन


1.2k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द लिङ्देनले कांग्रेस, एमाले र माओवादी केन्द्रका कारण मुलुक बन्न नसकेको बताउनुभएको छ ।

केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल लगायतका ठूला दलका नेताहरुले देशलाई बिगारेको अध्यक्ष लिङ्देनको जिकिर थियो ।

झापामा आयोजित पार्टी निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन जिल्ला समिति झापाको अधिवेशनमा बोल्दै अध्यक्ष लिङ्देनले ठूलो दलहरु सत्ता स्वार्थका लागि मात्रै मिल्ने गरेकाले मुलुक बन्न नसकेको पनि बताउनुभयो । उहाँले राप्रपाले सरकारको नेतृत्व गर्ने अवसर पाए मुलुकमा १० वर्ष भित्र राम्रो रोजगारीको व्यवस्था गराउन सकिने बताउनुभयो ।

अध्यक्ष लिङ्देनले राजनीतिमा भ्रष्ट र बेइमानहरुको विगविगी रहेको पनि बताउनुभयो । उहाँले मुलुक भ्रष्टाचारीहरुले सिन्डीकेट खडा गरेर बसेको पनि बताउनुभयो ।