Logo २ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026


बाढी पहिरोले भत्काएका सडक बनाउन २५ अर्ब लाग्ने


1.9k
Shares

काठमाडौं । सरकारले बाढी पहिरोबाट क्षतिग्रस्त सडक तथा पुलहरुको पुनर्निर्माणमा २५ अर्ब रुपैयाँ लाग्ने दाबी गरेको छ ।

भौतिक पूर्वाधार मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी देशका ३४ वटा राजमार्गको ८ सय ५ स्थानमा पहिरो गएको जनाएको हो ।

क्षतिग्रस्त सडक तथा पुलहरुको मर्मत तथा पुनर्निर्माणमा २० देखि २५ अर्ब रुपैयाँ लाग्ने देखिएको मन्त्रालयले जनाएको हो ।

मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा क्षतिको विस्तृत विवरण सङ्कलनको गर्ने काम जारी नै रहेको भन्दै प्रारम्भिक अनुमान अनुसार सडक तथा पुलहरु अस्थायी रुपमा यातायात चालु गर्न मात्रै साढे दुई देखि तीन अर्ब रुपैयाँ लाग्ने देखिएको उल्लेख छ । तिनीहरुको स्थायी रुपमा पुनर्निर्माणका लागि २५ अर्ब रुपैयाँसम्म लाग्न सक्ने अनुमान गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

पहिरो गएर अवरुद्ध भएका सडक मध्ये २९ वटा राजमार्गको ७७४ स्थानको पहिरो हटाइएको र पाँच वटा राजमार्गको ३१ ठाउँमा पहिरो पन्छाउनै बाँकी रहेको जनाइएको छ ।