
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सांसदहरुले अर्थ समितिबाट सार्वजनिक खरिद ऐन संशोधन पास गरे लगत्तै स्वदेशी वस्तु उपभोग कार्यविधिलाई मन्त्रीपरिषद्बाट पास गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
बिहीबारबाट काठमाडौंमा सुरु भएको तेस्रो हिमालयन अन्तर्राष्ट्रिय एक्स्पो कार्यक्रममा बोल्दै उद्योगमन्त्री भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय धेरै विधेयकहरु समितिहरुमा अल्झेर बसेकाले सरकारले काम गर्न नसकेको बताउनुभयो ।
उद्योगमन्त्री भणडारीले अर्थसमितिले सार्वजनिक खरिद ऐन तत्काल संशोधन पास गरेर सार्वजनिक निकायमा स्वदेशी वस्तु उपभोग कार्यविधिलाई आफूले अर्को दिन मन्त्रीपरिषद्बाट पास गर्न चाहेको बताउनुभयो । उहाँले संघीय सरकार, संघीय संसददेखि स्थानीय तहसम्म सबै तहका सरकारहरु, निजामति क्षेत्र, सेना, प्रहरी,सशस्त्र प्रहरी,विद्यालयहरु लगायतका क्षेत्रमा स्वदेशी वस्तु उपभोग अभियान शुरु गर्न चाहेको बताउनुभयो ।
उद्योगमन्त्री भणडारीले सरकारले चाहे पनि यो अभियान शुरु गर्नुभन्दा सार्वजनिक खरिद ऐनलाई संशोधन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सार्वजनिक खरिद ऐन संशोधनको प्रक्रिया रहेको बताउनुभयो । उहाँले नेपाली वस्तुहरु विदेशमा निर्यातको लागि स्वीकृत दिन विद्युतीय व्यापार ऐन आवश्यक रहेको बताउनुभयो । उहाँले उक्त ऐन पनि उद्योग वाणिज्य समितिमा अड्किएर बसेको बताउनुभयो । उहाँले सरकारलाई स्वदेशी वस्तु उपभोग गराउन सरकारले नसकेको भन्दै सांसदहरुले प्रश्न मात्रै गर्ने तर समितिमा रहेका विधेयकहरु समयमा पास गर्न नसकेको बताउनुभयो ।
सांसदहरुको संशोधन प्रश्ताव स्वीकार गर्छु भनेर समितिमा पटक–पटक भन्दा पनि समितिहरुले विधेयकहरु अगाडि बढाउन नसकेको बताउनुभयो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले विधेयकहरुमा राखेका संशोधनका प्रश्ताव सरकार स्वीकार गर्न तयार रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्